नक्कली भुटानी शरणार्थी प्रकरण: साधारण तारेखमा रिहा गर्न माग गर्दै खाण, रायमाझी पुगे उच्च अदालत

नक्कली भुटानी शरणार्थी प्रकरण: साधारण तारेखमा रिहा गर्न माग गर्दै खाण, रायमाझी पुगे उच्च अदालत

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका १६ प्रतिवादीमध्ये १५ जनाले उच्च अदालतमा साधरण तारेखमा छुटी पाउँ भन्दै निवेदन दिएका छन्। १५ जनाको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले कैफियत प्रतिवेदन माग गरेको छ। कैफियत प्रतिवेदन भनेको सम्बन्धित मुद्दामा तल्लो अदालतले गरेको आदेश र मुद्दाको विवरण हो।  उनीहरूले छुट्टाछुट्टै निवेदन हालेको उच्च अदालतकी प्रवक्ता मन्दिरा…

माओवादीका केन्द्रीय सदस्य ३ सय ८७ जना

माओवादीका केन्द्रीय सदस्य ३ सय ८७ जना

जथाभावी पार्टीका केन्द्रीय सदस्य बनाउने तर त्यसको अद्यावधिक नगर्दा केन्द्रीय सदस्यको संख्या समेत थाहा पाउन नसकेको माओवादी केन्द्रले केन्द्रीय सदस्यको टुंगो लगाएको छ। मंगलबार पार्टीको केन्द्रीय कमिटीको बैठक सुरू हुनुअघि केन्द्रीय सदस्यलाई परिचयपत्र वितरण गर्ने क्रममा माओवादीले आफ्ना पार्टीका केन्द्रीय सदस्य को को हुन् भनेर पहिचान गरेको हो। पार्टी कार्यालय प्रमुख श्रीराम ढकालले सबै केन्द्रीय…

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित

प्रतिनिधि सभा बैठक साउन २२ गतेसम्म स्थगित

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्म स्थगित भएको छ। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले अर्को बैठक साउन २२ गतेका लागि तय भएको जानकारी दिए। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो। बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन काण्डको छानबिन गर्न उच्चस्तरीय…

एमालेले कोशीका उपसभामुखलाई राजीनामा गर्न लगाउँदैन: हिक्मत कार्की

एमालेले कोशीका उपसभामुखलाई राजीनामा गर्न लगाउँदैन: हिक्मत कार्की

सरकार गठनका लागि चाहिने बहुमत पुर्‍याउन सभामुखलाई सत्ता पक्षले राजीनामा गराउने तयारी गरेपछि नेकपा एमालेले पनि उपसभामुखको राजीनामा गराउने अनुमान कोशी प्रदेशमा व्याप्त थियो। यद्यपि नेकपा एमालेले आफूबाट ‘मर्यादाहीन काम नहुने’ स्पष्ट पारेको छ। आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री एवम् एमाले संसदीय दलका नेता हिक्मत कार्कीले उपसभामुखको राजीनामा नआउने बताए। ‘सत्ता पक्षले संख्या पुर्‍याउनकै…

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ
|

साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ

काठमाडौँ । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ…

बिर्तामोडका एक व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएर फरार

बिर्तामोडका एक व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएर फरार

बिर्तामोडका एक व्यवसायी सर्वसाधारणको करोडौं रुपैयाँ कुम्ल्याएर फरार भएका छन् । बिर्तामोड–५ नम्बर वडास्थित बोलबम पेट्रोलपम्प नजिकै व्यवसाय गर्दै आएका पंकज अग्रवाल करोडौं रुपैयाँ कुम्ल्याएर फरार भएका हुन् । विगत लामो समयदेखि पंकज भण्डार (चामल मण्डी) सञ्चालन गरेर झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रमा सामान पठाउँदै मोटो कारोबार गरेका अग्रवालले केही समयको लागि चलाउन भन्दै…

भ्रष्टाचारका फाइल खोल्न सरकारलाई रास्वपाबाट प्रेरणा मिलेको हो: रवि लामिछाने

भ्रष्टाचारका फाइल खोल्न सरकारलाई रास्वपाबाट प्रेरणा मिलेको हो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारका पुराना फाइल खोल्न सरकारलाई आफ्नो पार्टीबाट प्रेरणा लिएको बताएका छन्।   सोमबार काठमाडौंमा आयोजित पार्टीको सुदूरपश्चिम–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले रास्वपाले भ्रष्टाचारविरूद्धको आवाजलाई बुलन्द पारेको र सरकारले त्यसैबाट प्रेरणा लिएर पुराना फाइल खोलेको बताएका हुन्।  ‘मैले सरकारको काम कारबाहीलाई पनि भनेको छु, जसरी भ्रष्टाचारविरूद्ध बुलन्द आवाज…

प्रचण्डले पदाधिकारीहरूसँग भने- जो कोहीसँग जतिबेला नि फोटो नखिच्नू

प्रचण्डले पदाधिकारीहरूसँग भने- जो कोहीसँग जतिबेला नि फोटो नखिच्नू

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फोटो खिच्दा जो कोहीसँग जुनसुकैबेला फोटो नखिच्न आफ्ना पार्टीका नेताहरूलाई सचेत गराएका छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले नेताहरूको फोटोलाई अनुसन्धान नै प्रभावित हुने गरी प्रचार गरिएको बताएका हुन्। नेता भएपछि जस्ता मान्छेसँग पनि भेट हुने बताउँदै प्रचण्डले भने,…

माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

माओवादीले पनि केन्द्रीय कमिटी बैठक लाइभ गर्ने

नेकपा माओवादी केन्द्रले पनि पार्टीको केन्द्रीय कमिटी बैठक लाइभ गर्ने भएको छ। आज बिहान बसेको पदाधिकारी बैठकले बुधबारदेखि सुरू हुने केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको पार्टीका महासचिव देव गुरूङले जानकारी दिए। बैठक पार्टीको आधिकारिक पेजबाट लाइभ हुनेछ। बैठकमा एउटा र  बाहिर अर्कै प्रचार हुने भएकाले यसलाई रोक्न केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय…

७ दिन चलेको कांग्रेस बैठक लाइभ गर्दा कति लाग्यो खर्च?

७ दिन चलेको कांग्रेस बैठक लाइभ गर्दा कति लाग्यो खर्च?

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक ७ दिन लाइभ गर्‍यो। साउन २ गतेदेखि १० गतेसम्म (बीचमा २ दिन रोकिएर) केन्द्रीय समिति बैठक चलेको थियो। कांग्रेसको आधिकारिक फेसबुकबाट केन्द्रीय समिति बैठक सुरूदेखि निर्णय गर्ने बेलासम्म लाइभ गरिएको थियो। केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा प्रमुख रहेको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा बैठक लाइभ गरिएको थियो। सभापति शेरबहादुर देउवाले बैठक…