झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
| |

झापामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा ।  झापा गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका-५ निवासी ३२ वर्षीय गुणा राजवंशीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा-६ फुलगाछी चोकदेखि पूर्व राधाबस्ती जाने सडक खण्डमा शुक्रबार साँझ ५:५० बजेको समयमा बा ४६ प २१०२ नम्बरको मोटरसाइकलले साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो । घाइते…

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय
| |

सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । जसअनुसार बुधबारका लागि सवाजय निर्धारणका लागि पेसी तोकिएअनुसार ८…

लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी
| |

लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी

७३ हजार ५४८ लाइसेन्स जारी, २९ हजार १२७ लाइसेन्स बायोमेट्रिक लिएर जारी गरिँदै काठमाडौ । यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली गैरकानुनी रूपमा एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको भेटिएको छ । यातायात व्यवस्था विभागले गरेको छानबिनले सर्वसाधारणको डाटा तोडमोड गरेर लिखित परीक्षा र ट्रायलविनै एक लाख…

बचतकर्ता ठग्ने झापाका पाँच सहकारीविरुद्ध उजुरी
| |

बचतकर्ता ठग्ने झापाका पाँच सहकारीविरुद्ध उजुरी

झापा । बचतकर्ता ठगेको भन्दै झापाका पाँचवटा सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताहरूको करोडौँ रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड, जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्ति, पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा र संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको हो । पहिलो पाइला…

सहकारी चोरी गर्ने एक वर्षपछि पक्राउ
|

सहकारी चोरी गर्ने एक वर्षपछि पक्राउ

बिर्तामोड । झापा हल्दिबारीको एकता बहुउद्देश्यीय सहकारी संस्थामा चोरी भएको घटनाका एक आरोपीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । हल्दिबारी गाउँपालिका–२ स्थित एकता बहुउद्देश्यीय सहकारी संस्थामा २०७९ साल माघ २० गते चोरी भएको उजुरीका आधारमा सर्लाहीकै सुजित आलेलाई पक्राउ गरिएको हो । घटना भएको करिब ११ महिनापछि आलेलाई पक्राउ गरी अनुसन्धानका लागि झापा ल्याइएको जिल्ला…

इलामको माईमा बुवाले गरे छोराको हत्या
| |

इलामको माईमा बुवाले गरे छोराको हत्या

झापा । इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका वडा नं ६ का दिलकुमार राईले १८ वर्षीय छोरा जीवन राईको हत्या गरेका हुन् । सोमबार बेलुका ७ बजे घरझगडाका क्रममा ३७ वर्षीय दिलकुमारले छोरा जीवनमाथि खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा…

झापामा ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय पुरुष पक्राउ
|

झापामा ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय पुरुष पक्राउ

झापा । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने…

चिया बगानमा झुन्डिए एक युुवा, खुलेन अझै पहिचान
| |

चिया बगानमा झुन्डिए एक युुवा, खुलेन अझै पहिचान

बिर्तामोड । झापाको बिर्तामोड–६ मा रहेको चिया बगानमा बिहिवार बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । बिर्तामोड बजार नजिकै पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको चिया बगानमा रहेको रुखमा झुन्डिएको ती युवाको अहिलेसम्म पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले जानकारी दिनुभयो । अहिलेसम्म पनि सनाखत हुन नसकेकाले सव घटना स्थलमा नै…

चेक बाउन्सका मुद्दाको चाङ
| | |

चेक बाउन्सका मुद्दाको चाङ

बिर्तामोड । पछिल्लो समय झापामा चेक बाउन्सको समस्या बिकराल बन्दै गएको छ । गत आर्थिक बर्ष ०७९/८० मा २ सय ४३ वटा चेक बाउन्सको मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षको मंसिरसम्ममा ६५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो । गत वर्षको…

 बिर्तामोडको ‘ग्याङ फाइट’? यस्तो छ कारण
| |

 बिर्तामोडको ‘ग्याङ फाइट’? यस्तो छ कारण

बिर्तामोड । झापाको बिर्तामोडमा आज बिहान खुकुरीसहित पक्राउ परेका युवाहरू बदला लिन आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भद्रपुर रोडको बस स्टेण्डबाट प्रहरीले पक्राउ गरेका ४ जनामध्ये दुई जना बदला लिने नियतले भद्रपुरबाट बिर्तामोड आएको प्रहरीले जनाएको छ । प्रहरीले भद्रपुर–२ का १९ वर्षीय आदित्य राई , भद्रपुर–१ बस्ने २६ वर्षीय संजोक लिम्बू , सोही…