सुखानी सन्देशको विशेषांकको विमोचन
| |

सुखानी सन्देशको विशेषांकको विमोचन

बिर्तामोड । सुखानी सन्देशको विशेषांकको विमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच उक्त विशेषांक विमोचन गरिएको हो ।प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष राजु पाठकद्वारा प्रकाशित सुखानी सन्देशको उक्त विशेषांक कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले विमोचन गरेका हुन् । शहीद सप्ताहको अन्तिम दिनको अवसर पारेर विशेषांक विमोचन गरिएको हो । झापा विद्रोहसँग…

सन्दकपुरमा बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी
| |

सन्दकपुरमा बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग…

फागुन १७ गतेदेखि चैत ४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने
| | |

फागुन १७ गतेदेखि चैत ४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने

बिर्तामोड । झापामा तीन लाख बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियान अन्तरगत जिल्लामा फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनीका बालबालिकालाई खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा ‘जिल्लास्तरीय सञ्चारकर्मीहरुसँग अभिमुखीकरण गोष्ठी’ समेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख…

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ : प्रधानमन्त्री
| |

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताउनुभएको छ । समाजवादी शैक्षिक मञ्चले आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा प्रधानमन्त्रीले सो विधेयकलाई परिमार्जन गरी समृद्ध बनाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा…

आज श्रीपञ्चमी पर्व मनाइँदै, वसन्त ऋतुको प्रारम्भ
| |

आज श्रीपञ्चमी पर्व मनाइँदै, वसन्त ऋतुको प्रारम्भ

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ ।  देवी भागवत र…

राेङमा अभिभावकलाई शिक्षा
| |

राेङमा अभिभावकलाई शिक्षा

गाेविन्द पाैडेल राेङ । शिक्षाकाे विकासमा साझेदार रहने अभिभावकहरूका लागि शुक्रबारबाट अभिभावक शिक्षा सुरु गरिएकाे छ । बालबालिकाहरूकाे सिकाइलाई सार्थक र परिणाममुखी बनाउन शिक्षक र विद्यार्थीहरूकाे सहभागिता अपूराे हुने र यसकाे जिम्मेवार पक्ष अभिभावकहरू समेत हुने भएकाले अभिभावक शिक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ । शिक्षण सिकाइ र बाल सक्रियतालाई थप प्रभावकारी बनाउन अभिभावकहररूलाई समेत…

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय
| |

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उहाँलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गर्नुभएकी उहाँ ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण हुनुभयो । हाल उहाँ स्नात्तकोत्तर अध्ययन गरिरहनुभएको छ ।…

रोङमा कला साहित्य महोत्सव हुने
| | |

रोङमा कला साहित्य महोत्सव हुने

गाेबिन्द पाैडेलरोङ । कला साहित्य भाषा र संस्कृति, ग्रामिण पर्यटनसँगै विकास र समृद्धि’ भन्ने नाराका साथ रोङ–६ इलाममा तीनदिने कला साहित्य महोत्सव गरिने भएको छ । रोङ गाउँपालिका वडा नम्बर–६ को आयोजनामा वडाभित्रको फरक–फरक तीन स्थानमा फरक आयामका कार्यक्रमहरु सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको वडा नम्बर–६ का अध्यक्ष सत्यम राईले जानकारी दिए । माघ २७…

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग
| |

पत्रकार सहारा उपचार कोषलाई शिक्षासेवी ढुंगानाको ३ लाख ५१ हजार सहयोग

बिर्तामोड । शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ प्रदान गरेका छन् ।  नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे । कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको…

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
| |

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

झापा । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड…