कोशीमा पूर्वमुख्यमन्त्री र सत्तारुढ दलहरूका नेतालाई गाडीसहितका सुविधा दिन अध्यादेश नै जारी
झापा । कोशी प्रदेशले पूर्वमुख्यमन्त्रीसँगै सत्तारूढ पार्टीका संसदीय दलका नेताहरूलाई गाडीसहित पदाधिकारीको सुविधा दिने भएको छ । प्रदेश सभाको अधिवेशन अन्त्य गरेर मन्त्रिपरिषद् बैठकले ६ माघमा ‘केही ऐन संशोधन गर्न बनेको अध्यादेश’जारी गर्दै प्रदेश सभामा बहालवाला सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी रहेका दलका संसदीय दलका नेताहरूलाई पनि गाडी, चालक, इन्धन र मोबिल दिने व्यवस्था गरेको…