‘लोकतन्त्र नाटक जस्तैं भयो’
| |

‘लोकतन्त्र नाटक जस्तैं भयो’

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडमा सम्पन्न नागरिक आन्दोलन र लैङ्गीकता विषयक अन्तरक्रियामा सहभागीहरुले आ–आफ्नो धारणा राख्ने क्रममा परिवर्तनका लागि भएका आन्दोलनले सफलता पाएपनि आन्दोलनबाट प्राप्त उपलब्धीले साधारण नागरिकलाई छुन नसकेको बताए । नागरिक आन्दोलनका अभियान्ता डा. सञ्जीव…

शुपतिनगरमा सवारी पटके राजस्व असुली केन्द्र स्थापना
| |

शुपतिनगरमा सवारी पटके राजस्व असुली केन्द्र स्थापना

पशुपतिनगर । नेपाल इलामको पशुपतिनगरमा आजबाट यातायत ब्यवस्था सेवा कार्यालयको सेवा केन्द्र स्थापना गरिएको छ । भारतीय सवारीलाई नेपाल प्रवेशमा सहज बनाउनका लागि कार्यालयको स्थापना गरिएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय महाशाखाका प्रमुख गणेश नायकले केन्द्रको उद्घाटन गरेका हुन्। प्रदेश मन्त्रालयले भारतीय चार…

अयोध्यामा भोलि रामको प्राण प्रतिष्ठा, भद्रपुरमा झाँकीसहित वृहत् र्‍याली निकाल्ने तयारी
|

अयोध्यामा भोलि रामको प्राण प्रतिष्ठा, भद्रपुरमा झाँकीसहित वृहत् र्‍याली निकाल्ने तयारी

भद्रपुर । भारतको अयोध्यास्थित नवनिर्मित राम मन्दिरको भोलि (सोमबार) उद्घाटन गरी प्राण प्रतिष्ठाको भव्य उत्सव मनाइँदैछ । सोही उत्सवको अवसरमा भोलि भद्रपुरमा पनि झाँकीसहित वृहत् र्‍याली निकाल्न लागिएको छ । भद्रपुर- ५ स्थित हनुमान मन्दिरमा आयोजना हुने सो कार्यक्रमलाई सफल बनाउन राजु सोनारको संयोजकमा ४० सदस्य रहने गरी श्रीराम रथ यात्रा समिति गठन गरिएको छ । समितिले मेची…

इलाममा आज इटहरी र झापा भिड्दै
| |

इलाममा आज इटहरी र झापा भिड्दै

इलाम । इलाममा जारी प्रथम इलाम गोल्डकपमा आज बिर्तामोड युनाइटेड झापा र राष्ट्रिय जागृति क्लब इटहरी बीच भिडन्त हुँदैछ ।सदरमुकामस्थित ठूलो टुँडीखेलमा दिउँसो २ बजे खेल हुनेछ । यसअघि शनिबार भएको उद्टन खेलमा आयोजक रेडहर्ष फुटबल क्लब इलाम सेमीफाइलन प्रवेश गरिसकेको छ । माघ १३ गतेसम्म सञ्चालन हुने गोल्डकपको विजेताले नगद रु पाँच लाख र…

अर्जुनधारा नगरमा पशुका लागि अत्याधुनिक अस्पताल निर्माण हुने
|

अर्जुनधारा नगरमा पशुका लागि अत्याधुनिक अस्पताल निर्माण हुने

अर्जुनधारा । कोशी प्रदेशमै पहिलो पटक अर्जुनधारा नगरपालिकामा गाईगोरुसहित अन्य पशुलाई अस्पतालमै लगेर उपचार गर्ने अत्याधुनिक भेटनरी अस्पताल निर्माण गर्ने भएको छ । मान्छे बिरामी हुँदा जसरी एम्बुलेन्समा अस्पताले लगेर उपचार गरिन्छ त्यसरी नै गाईगोरु तथा अन्य पशुलाई पनि ठेला वा सवारी साधनमा लगेर उपचार गर्न सकिने अस्पताल निर्माण गर्न लागिएको हो ।  झापाको अर्जुनधारा नगरपालिकामा…

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध
|

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान\ धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो । उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने…

झापामा व्यावसायिकरूपमा ड्रागनखेती शुरू
| | |

झापामा व्यावसायिकरूपमा ड्रागनखेती शुरू

झापा । ड्राइगन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती शुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक रुपमा खेती शुरू गरिएको हो । हाल दमक, बुद्धशान्ति, बाह्रदर्शी, गौरीगञ्जलगायतका ५० विघाभन्दा बढी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती भइरहेको आएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख…

इलामको रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान
| |

इलामको रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए  । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अवोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । “आजकलका बच्चाको…

शरणार्थी शिविरको गुम्बामा ‘कान्जुर’ पूजा गरिँदै
|

शरणार्थी शिविरको गुम्बामा ‘कान्जुर’ पूजा गरिँदै

दमक । झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको ड्रुकसाङ् थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बामा बौद्ध धर्मको सबैभन्दा ठूलो ‘कान्जुर’ पूजा गरिने भएको छ । विश्व शान्तिको कामना गर्दै ६ दिने कान्जुर पूजा हुने भएको हो ।गुम्बा समितिका अनुसार फागुन २ गते देखि ७ गतेसम्म कान्जुर हुने भएको हो ।गुम्बा समिति, पुनर्वासमा रहेका जिन्दाहरू (भक्तजन) र…

 रुखबाट लडेर मृत्यु 
| |

 रुखबाट लडेर मृत्यु 

झापा । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका…