नैतिकतालाई कोशीमा बगाएको राप्रपा : ‘देखाउने दाँत एउटा, चपाउने अर्को’
झापा । नेपाली राजनीतिमा एउटा यस्तो पार्टी छ- जसले परिवर्तन भएको व्यवस्था स्वीकार्दैन । चितामा पुगेको राजतन्त्रको वकालत गर्छ । सबै धर्मको बसोबास भएको देशमा हिन्दु राज्य माग्छ ।
अनि केन्द्रीकृत सत्तालाई विकेन्द्रीकरण गर्दा विरोध गर्दै संघीयता खारेजीको माग गर्छ । त्यो पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी । यो पार्टी यी सबै परिवर्तित व्यवस्थाको विरोध गर्छ । तर, यही व्यवस्थामा स्वाद चाख्न भने माहिर छ । प्रदेश खारेजीको माग गर्ने राप्रपा त्यही प्रदेशको सत्तामा सामेल हुन सबैभन्दा पहिला खुट्टा उचाल्छ ।
उसको पुष्टि कोशी प्रदेशले गर्छ । प्रदेश खारेजीको विषयमा पटकपटक विचार राख्ने राप्रपाका अम्बरबहादुर विष्ट प्रदेश संरचनाको संरक्षण गर्ने पद सभामुखमा मंगलबार मात्र निर्वाचित भएका छन् । यो राप्रपाको प्रदेशमा सत्ता उपयोग पहिलो हैन । यसअघि एमालेका हिक्मतकुमार कार्की नेतृत्व सरकार पनि पनि सहभागी थियो । जबकि त्योबेला सत्तामा राप्रपा बिनानै बहुमत पुग्दै थियो ।
माओवादी र जसपा पनि सरकारमा भएका कारण कोशी सरकार बिनै स्पष्ट बहुमत थियो । राप्रपाको सत्ताप्रतिको लोभलाई अहिले सभामुख पदले थप पुष्टि गरिदिएको छ । राप्रपा सत्ताका लागि पार्टीमा विवाद सृजना गर्न पनि तयार छ भन्ने पुष्टि पनि भएको छ । कोशीको सभामुखको विषय लिएर राप्रपा निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचनद्र लोहनश्र असन्तुष्ट छन् । उनले विज्ञप्ति नै निकालेका छन् । तर, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो गृहप्रदेश कोशीमा राप्रपालाई सत्तामा पुर्याइछाडे ।
उनी अहिले प्रदेशसभाका संसदीय समितिमा पनि भाग खोजिरहेको स्रोतको दाबी छ । त्यतस मात्र हैन संघीय सरकारको राम्रो मन्त्रालयको बार्गेनिङ पनि गरिरहेको स्रोतले जनाएको छ । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा लिङ्देन आफैँ मन्त्री बनेका थिए । जसले राप्रपाको पार्टीको एजेन्डा देखाउने दाँत मात्र भएको पुष्टि गर्छ ।
प्रदेश खारेजीको माग गर्ने कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्ट सामान्य नैतिकता पनि नदेखाई लाज छोपेर सभामुख भएका छन् । यद्यपि उनले सभामुखबाट राजीनामा दिनुपर्ने भए राप्रपाका सबै सांसदले प्रदेशसभाबाट राजीनामा दिनुपर्ने भन्दै झापाको एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै लाजछोप्न खोजेका छन् ।