अग्नि सापकोटा र पम्फा भुसाललाई माओवादीले बनायो उपाध्यक्ष
नेकपा माओवादी केन्द्रले अग्निप्रसाद सापकोटालाई पार्टीको उपाध्यक्ष बनाएको छ। सापकोटा यसअघि सभामुख थिए। सभामुखबाट हटेसँगै उनी फेरि पार्टी राजनीतिमा सक्रिय भएका हुन्। माओवादीले पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाएको छ। महाधिवेशनपछि पदाधिकारी चयन गरिँदा भुसाललाई उपमहासचिव बनाइएको थियो। माओवादीले बुधबार सर्कुलर जारी गर्दै सापकोटा र भुसाललाई उपाध्यक्ष बनाइएको उल्लेख गरेको छ। माओवादीमा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष…