प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेश नं १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

प्रदेश नं १ को सभामुखमा प्रदेशसभा सदस्य बाबुराम गौतम आज निर्विरोध निर्वाचित हुनुभएको छ । प्रदेशसभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा नियमावली, २०७४(पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको सभाध्यक्ष गयानन्द मण्डलले जानकारी गर्नुभयो । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र)का तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो भने उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य…

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज साँझ अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीच भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले मङ्गलबार संसद्बाट विश्वासको मत पाएपछि आज अध्यक्ष ओलीसँग भेट गर्नुभएको हो । विश्वासको मत पाएछि मन्त्रिपरिषद्लाई…

एकीकृत समाजवादीले पठायो घनश्यामलाई स्वागत पत्र

एकीकृत समाजवादीले पठायो घनश्यामलाई स्वागत पत्र

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) त्यागेका घनश्याम भुसाललाई पार्टीमा भित्र्याउन स्वागत पत्र पठाएको छ। भुसालको पत्रमा उल्लेख सवालहरूलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको अध्यक्ष माधवकुमार नेपालले बताए। ‘घनश्याम भुसाललाई हामीले उहाँले उठाएका सैद्धान्तिक र वैचारिक सवालको सम्बोधन हुनेगरी पत्र पठाएका छौं। उहाँलाई हामीले स्वागत पत्र पठाएका हौं,’ नेपालले सेतोपाटीसँग भने। भुसाललाई समाजवादीले बुधबार अपरान्ह पत्र पठाएको हो। भुसाल…

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

अमलेखगञ्जदेखि झापासम्म पेट्रोलियम पाइपलाइन सम्भाव्यता अध्ययन हुने

नेपालमा विद्युतीय प्रसारण लाइन विस्तार, कृषिमा उन्नत प्रविधिको प्रयोग र पेट्रोलिम पदार्थको पाइपलाइन विस्तारलगायतका क्षेत्रमा भारतीय सहयोगका लागि दुई देशबीच विभिन्न संयन्त्रका माध्यमबाट छलफल भइरहेको छ । भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले नेपालबाट चार सय ५० मेगावाट बिजुली भारतमा निर्यातका लागि आवश्यकपर्ने प्रसारण लाइनको विस्तार गर्न भारत सकारात्मक रहेको र नेपालमा उन्नत (हाइब्रिट)…

प्रतिपक्षीमा बस्न कांग्रेसले प्रस्तुत गरेको २०५१ सालको नजिरमा के छ?

प्रतिपक्षीमा बस्न कांग्रेसले प्रस्तुत गरेको २०५१ सालको नजिरमा के छ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतान्त्रिक नेपालको संसदीय इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन्। प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा २७५ सदस्यीय प्रतिनिधि सभाका २६८ सांसदले प्रचण्डलाई मत दिएका हुन्। उनको विपक्षमा केवल २ मत मात्र परेको हो। प्रमुख प्रतिपक्षी दलका रूपमा आफूलाई संसदमा प्रस्तुत गरिरहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएपछि संसदमा नयाँ रेकर्ड…

झापाको शिवसताक्षीमा हात्ती आतंक

झापाको शिवसताक्षीमा हात्ती आतंक

झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्। शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ। चार वटा हात्तीले एक महिनादेखि शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने,…

पृथ्वीनारायण शाहले काठमाडौंबाट के सिके?

पृथ्वीनारायण शाहले काठमाडौंबाट के सिके?

पृथ्वीनारायण शाहलाई हालको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र निर्माण गर्ने आधार तयार गरेको मान्दै नेपाल एकीकरणका नायकको दर्जा दिने एउटा मत छ। अर्कातिर विभिन्न आदिवासी समुदायको प्रचलित राज्य अधिकार खोस्ने खलनायक मान्ने फरक मत पनि छ। यी दुई विचारबीच अर्थ–राजनीतिक दृष्टिबाट पृथ्वीनारायण शाहको एकीकरण अभियानको चर्चा गर्नु यो लेखको उद्देश्य हो। इस्वी सम्बत् १७४३ मा पृथ्वीनारायण…

कांग्रेस बैठकमा ओली भाषणको चर्चा

कांग्रेस बैठकमा ओली भाषणको चर्चा

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे दुई धारमा बाँडिएको नेपाली कांग्रेसले सोमबार नयाँ प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गरेको भाषणको विषयवस्तुलाई गम्भीर रूपमा लिएको छ। सोमबार संसदमा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा दुई पटक गरेको संसद विघटनको प्रतिरक्षा गरेका थिए। उनले भनेका थिए-…

सर्‍यो प्रतिनिधि सभा बैठक

सर्‍यो प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सरेको छ। आजै दिउँसो १ बजे बैठक बस्ने भएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले बैठक सरेको जानकारी दिए। सूचना टाँस गरी बैठक सारिएको हो। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको छ। कांग्रेसले प्रधानमन्त्री…

दुई वर्षमा पूरा होला डेढ अर्बको पूर्वाधार निर्माण?
|

दुई वर्षमा पूरा होला डेढ अर्बको पूर्वाधार निर्माण?

कर्णाली प्रदेशले दसौं राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणको सुरसार गरेको छ। गण्डकी प्रदेशमा गत असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका अवसरमा दसौं प्रतियोगिता कर्णाली प्रदेशमा गर्ने निर्णय भएको थियो। सोही अनुसार कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिएको थियो। नवौं प्रतियोगिता हुनुअघि नै कर्णाली प्रदेश सरकारले दसौं प्रतियोगिता…