डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको घोषणा, भने–ममाथि ठूलो दबाब छ
| |

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने कुलमानको घोषणा, भने–ममाथि ठूलो दबाब छ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाएरै छाड्ने बताएका छन् । बिहीबारको पत्रकारसम्मेलनमा बोल्दै उनले आफूमाथि ठूलो दबाब पनि रहेको बताएका हुन् ।  घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै चासो देखाएको बताएका छन् ।  डेडिकेटेड र ट्रंक लाइन बापत प्राधिकरणले उठाउन…

अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो
|

अलैँची र अदुवा निर्यात बढ्यो, लागत मूल्य नपाउँदा चियाको निर्यात भने घट्यो

काठमाडौं– चालु आर्थिक वर्ष (२०८०/८१)को ५ महिनामा अलैँची, अदुवा र चिया निर्यात हुँदा झण्डै ६ अर्ब रुपैयाँ भित्रिएको छ। चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तासम्ममा ५ अर्ब ७७ करोड ५५ लाख ६९ हजार रुपैयाँ भित्रिएको केन्द्रीय भन्सार विभागले जनाएको छ। जसमध्ये ३ अर्ब ९ करोड ८६ लाख १५ हजार रुपैयाँको अलैँची १ अर्ब ८७ करोड १७…

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन
|

झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए  । “झापा इनर्जीको यो परीक्षण उत्पादन…

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास
| |

इलामका किसानलाई ‘मिल्क होलिडे’ को त्रास

इलाम ।  सूर्योदय नगरपालिका–११ का गोपाल भट्टराई प्रतिदिन ६० लिटर दुग्ध बिक्री गर्छन्। ज्योति पुञ्ज गाईफार्म दर्ता गरेर व्यावसायिक दुग्ध उत्पादन गरिरहेका उनले स्थानीय एक दुग्ध उद्योगलाई दुग्ध बिक्री गर्छन्।   तर पछिल्लो समयमा डेरीमा थन्किएको घ्यू र छुर्पी देख्दा उनको मनमा चिसो पस्न थालेको छ। ‘हाम्रो ठाउँमा आशलाग्दो बनेको गाईपालन नै मासिएलाजस्तो छ’, उनले भने,…

हराउँदै परम्परागत ठेकी
| |

हराउँदै परम्परागत ठेकी

अर्जुनधारा । ‘चैत/बैशाखको टन्टलापुर घाममा तिर्खा मेट्न एक अम्खोरा मोही खाएर गाम्चाले पसिना पुस्दै बारदलीमा बसेर हावा खानुको आनन्द शहरिया मानिसलाई के थाहा ?, ’ झापा अर्जुनधाराको पुरानो बाजारमा ठेकी बेच्न बस्नुभएका डिल्लीराम घतानीकाले ग्रहकलाई सुनाउनुभयो । शहर केन्द्रित बसोवास र आधुनिक जीवनशैलीका कारण पराम्परागत काठका ठेकी हराइसकेको छ । ‘दुई चार–पाथी जाने ठेकीमा घार्घुर–घार्घुर…

सकियो सलकपुरको सुन्तला
| |

सकियो सलकपुरको सुन्तला

गाेविन्द पाैडेल रोङ । कुनैबेला इलामकै सर्वाधिक सुन्तला उत्पादन हुने रोङ-६ को सलकपुरमा सुन्तला मासिएकाे छ । सुन्तलाबाट मनग्गे आम्दानी गरेर दैनिक जीवन निर्वाह गर्नै किसानहरू अहिले भने वैकल्पिक खेतीमा लागेका छन् । किसानहरू अहिले अलैँची,कफी, एभोकार्डाेजस्ता खेतीमा लागेका छन् । सुन्तलाकाे खेतीले वार्षिक कराेडभन्दा बढी रुपैयाँ भित्रने सलकपुरमा सुन्तलामा विभिन्न राेगले बगानै सखाप भएकाे…

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा अर्जुन मैनालीलाई उम्मेदवार बनाउने
|

बिर्तामोड वाणिज्य संघको अध्यक्षमा अर्जुन मैनालीलाई उम्मेदवार बनाउने

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा हालका महासचिव अर्जुन कुमार मैनालीलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी भएको छ । मैनालीलाई अध्यक्षको उम्मेवारको रुपमा औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको हो । नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले पुस ११ गते ११ बजे बृहत विस्तारित भेलाबाट मैनालीको उम्मेवारी घोषणा गर्ने जनाएको छ ।…

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन
| |

प्रधानमन्त्रीद्वारा उच्च क्षमताको इनरुवा सबस्टेसन उद्घाटन

काठमाडौँ । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको इनरुवा सबस्टेसनको आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा निर्माण भएको चार सय किलो भोल्ट क्षमताको उक्त सबस्टेसन देशभित्र निर्माण सम्पन्न भएका ठूला सबस्टेसनमध्येका एक हो । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो…

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा
| |

६ वर्षदेखि मुडाको मूल्य नबड्दा व्यवसाय नै संकटमा

शम्भु दाहालबिर्तामोड । एकनासले टाउको निहुर्याएर डोरीको पोया बाट्दै गर्नुभएका अर्जुनधारा–१० का पदमबहादुर राईलाई को आयो ? को गयो ? मतलब छैन । मतलव छ त बाँस काट्ने, खिप्ने, मुडा बुन्ने । राई विगत २० वर्ष आफ्नै घरैमा मुडा उद्योग संञ्चान गर्दैछन् । अर्जुनधारा–१० र मेचीनगर १२ मा रहेको कालिझोडा गाउँलाई कुनै समय ’मुडाको गाउँ’…

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा
| |

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा

शम्भु दाहाल काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । भारतबाट नेपाल…