युएई र बंगलादेश यू–१९ एसिया कपको फाइनलमा
काठमाडौं । एसिसी यू-१९ एसिया कपको उपाधिका लागि बंगलादेश फाइनलमा प्रवेश गरेको छ। आज दुबईमा भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
भारतले दिएको १८९ रनको लक्ष्य बंगलादेशले ६ विकेटको क्षतिमा ४२.५ ओभरमा पूरा गर्यो।
बंगलादेशका लागि शरिफुल इस्लामले ९४ रनको योगदान गरे। उनले ९० बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए। यस्तै अहर अमिनले ४४ रनको योगदान गरे।
बलिङमा भारतका नमन तिवारीले ३ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारत ४२.४ ओभरमा १८८ रनमै अलआउट भयो।
कुनै बेला ६ विकेट गुमाउँदा ६१ रन बनाएको भारतका लागि मुशीर खानले ५० रन र मुरुगन अभिषेकले ६२ रन बनाएपछि भारतको रन स्कोर बढेको थियो। भारतका ओपनरसहित ६ ब्याटर दोहोर अंकमा रन जोड्न नपाई आउट भएका थिए।
बलिङमा बंगलादेशका मारुफ मृधाले ४ विकेट लिए भने रोहानत बोर्सन र शिख जिबोनले २-२ विकेट लिए।
अब उपाधिका लागि बंगलादेशले युएईसँग खेल्नेछ। युएईले आजै भएको सेमिफाइनलमा पाकिस्तानलाई ११ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको युएई १९३ मा अलआउट भयो। जवाफी ब्याटिङ गरेको पाकिस्तान ३ बल खेल्न बाँकी छँदा १८२ रनमा अलआउट भयो।