कसले चलाउँदैछ झापा कारागारभित्रको प्रशासन ?

कसले चलाउँदैछ झापा कारागारभित्रको प्रशासन ?

झापा जिल्ला कारागार भद्रपुर चौकीदारविहीन भएको छ । भाइ चौकीदारको विषयले गत शुक्रवार ठूलै हुलदङ्गा भएपछि चौकीदार लयप्रसाद शिवाकोटीले सरुवा मागेका थिए । उनको झुम्का कारागार सरुवा भएपछि अहिले झापाको कारागार चौकीदारविहीन भएको हो । भाइ चौकीदार मनोज लावतीलाई झुम्का कारागार सरुवाका लागि बाहिर निकाल्दा जेलभित्र ठूलो हुलदङ्गा भएको थियो । प्रशासन र सुरक्षाकर्मीपछि हटेकै…

देउवाले ७१० केन्द्रीय सदस्य बनाए पनि नेविसंघमा विवाद, समानान्तर समिति घोषणा तयारी

देउवाले ७१० केन्द्रीय सदस्य बनाए पनि नेविसंघमा विवाद, समानान्तर समिति घोषणा तयारी

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी १० बजे ७ सय १० सदस्यीय नेविसंघ केन्द्रीय समिति विस्तार गरेका थिए। सभापति देउवाले वि.सं. २०७८ चैत ९ गते नेविसंघ तदर्थ समिति अध्यक्षमा दुजाङ शेर्पालाई तोकेका थिए। अध्यक्ष तोकेको १६ महिनापछि नेविसंघ केन्द्रीय समितिमा ७ सय १० जनालाई मनोनीत…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ। मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक कार्यसूचीमा अघि बढ्न सकेन। गत साउन २ गते एक क्विन्टलभन्दा बढी सुन त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको प्रकरणमा सांसदले उठाएको प्रश्नको जवाफ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएका थिए। तर,…

टेकु प्रहरी परिसर अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन 

टेकु प्रहरी परिसर अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको घटनामा छानबिन समिति गठन 

जिल्ला प्रहरी परिसर काठमाडौं टेकु अगाडि प्रदर्शनकारीमाथि कुटपिट भएको विषयमा छानबिन समिति गठन भएको छ। मगर तथा तामाङ समुदायले अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्नुपर्ने मागसहित प्रहरी परिसर अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले प्रदर्शनीमाथि कुटपिट गरेको भन्दै गृह मन्त्रालयले छानबिन समिति गठन गरेको हो।  उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रहरीले नियन्त्रणमा लिनेक्रममा…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको हो। बैठकले रु. ५ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ। यस्तै, राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। यसका साथै, बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेश…

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्। ‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई…

जन्मदर्ताले छेकेको स्कुल जाने बाटो र खोप लगाउने अधिकार

जन्मदर्ताले छेकेको स्कुल जाने बाटो र खोप लगाउने अधिकार

‘…त्यसपछि अस्पताल जाने आँट आएन, भुँइया महाराजले नै मेरी छोरीको रक्षा गरेका छन्’ करिब दुई वर्षअघिको कुरा हो, धनुषाको लक्षमिनियाँ गाउँपालिका–२ का महिलाहरू स्वास्थ्य चौकीमा आ-आफ्ना बालबच्चालाई खोप लगाएर घर फर्किंदै थिए। त्यही वडाको सिनरजोडा मुसहरी टोलकी गालो सदाकी छोरीको खोप कार्ड हराए छ। स्वास्थ्यकर्मीले जन्मदर्ता प्रमाणपत्र देखाएपछि मात्रै खोप लगाउन मिल्छ भने। खोप लगाउन बच्चाको…

उपसभामुखको प्रश्न- जनजातिकै छोरी भएको कारण मलाई बोल्न नदिएको हो?

उपसभामुखको प्रश्न- जनजातिकै छोरी भएको कारण मलाई बोल्न नदिएको हो?

उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले ‘उप चुप’ भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन्। उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन्।  उनले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो? भन्दै प्रश्न समेत गरिन्। …

एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक

एकतर्फी खुल्यो बुटवल-पाल्पा सडक

बुटवल । पहिरो खसेर मंगलबार बिहानैदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्गको पाल्पा(बुटवल सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि सडकमा रोकिएका सवारी साधनलाई गन्तव्यमा पठाइएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सयौँ सवारी साधन बाटोमै रोकिएका थिए । सिद्ध बाबा सुरुङ…

मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

मुख्यमन्त्री थापाद्वारा दमकल र पिकअप भ्यान हस्तान्तरण

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले ताप्लेजुङ जिल्लास्थित फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनलाई एक थान दमकल र एक थान पिकअप भ्यान हस्तान्तरण गर्नुभएको छ । उक्त दमकलको मूल्य रु ७७ लाख ५० हजार र पिकअप भ्यानको मूल्य रु ३७ लाख ५० हजार रहेको बताइएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित कार्यक्रममा…