नेपाल समाजवादी पार्टीले बोलायो राजनीतिक समितिको बैठक
माओवादीसँग पार्टी एकताबारे पनि छलफल हुने बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले राजनीतिक समितिको बैठक बोलाएको छ। पुस २४ गते बस्ने गरी राजनीतिक समितिको बैठक बोलाइएको हो। पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त बैठकमा पार्टीको आगामी कार्यदिशा, समसामयिक राजनीतिलगायत विषयमा छलफल गरी निर्णय हुनेछ। गत मंसिरको चुनावमा नेपाल समाजवादीले नेकपा माओवादी केन्द्रको…