प्रहरी समायोजनका लागि कोशी सरकार तयारी गर्दैछ : आन्तरिक मामिला मन्त्री राई
|

प्रहरी समायोजनका लागि कोशी सरकार तयारी गर्दैछ : आन्तरिक मामिला मन्त्री राई

झापा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले कोशी सरकारले संघबाट समायोजन भएर आउने प्रहरीलाई व्यवस्थित गर्न आन्तरिक तयारी थालेको बताएका छन् । केही दिनअघि आफ्ना माग लिएर भेट्न गएका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि कोशी प्रदेशले पनि तयारी थालेको मन्त्री राईले जानकारी दिए । शुक्रबार झापाको…

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन
|

राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुँदैछ । माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि निर्वाचन हुँदैछ । पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । उनीहरुले आज आफ्नो नाम फिर्ता लिन सक्ने…

राष्ट्रियसभा अध्यक्षका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा

राष्ट्रियसभा अध्यक्षका लागि कृष्णप्रसाद सिटौलाको उम्मेदवारी : महामन्त्री शर्मा

झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा अध्यक्ष बन्नलाई उम्मेदवारी दिएको बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस झापाको आयोजनामा जिल्ला पार्टी कार्यालयमा बिहीबार सम्पन्न गठबन्धन दलहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उहाँ राष्ट्रियसभामा सदस्य बन्नका लागि मात्र उम्मेदवारी नदिएको प्रस्टाएका छन्…

प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती
|

प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् । प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ । राजनीतिक नियुक्ति लिएर आएका र अन्य मन्त्रालय, कार्यालय र संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको स्वकीय…

राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै
|

राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

झापा। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनकारी दिएको छ ।

नैतिकतालाई कोशीमा बगाएको राप्रपा : ‘देखाउने दाँत एउटा, चपाउने अर्को’
|

नैतिकतालाई कोशीमा बगाएको राप्रपा : ‘देखाउने दाँत एउटा, चपाउने अर्को’

झापा । नेपाली राजनीतिमा एउटा यस्तो पार्टी छ- जसले परिवर्तन भएको व्यवस्था स्वीकार्दैन । चितामा पुगेको राजतन्त्रको वकालत गर्छ । सबै धर्मको बसोबास भएको देशमा हिन्दु राज्य माग्छ । अनि केन्द्रीकृत सत्तालाई विकेन्द्रीकरण गर्दा विरोध गर्दै संघीयता खारेजीको माग गर्छ । त्यो पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी । यो पार्टी यी सबै परिवर्तित व्यवस्थाको विरोध…

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री
| |

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री

काठमाडौ । ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २०…

राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय समितिको निर्देशन
|

राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय समितिको निर्देशन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद चुलिएको छ । राप्रपाले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएसँगै विवाद चुलिएको हो । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो । केन्द्रीय निर्देशन समितिका…

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित
|

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

झापा । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् । प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरिन् । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ…

कोशीमा नयाँ सभामुखको निर्वाचन आज, राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित
|

कोशीमा नयाँ सभामुखको निर्वाचन आज, राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित

झापा । पाँच महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुने भएको छ । सभामुखको निर्वाचन आज ३ बजे हुने उपसभामुख सृजना दनुवारले जानकारी दिइन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन सहमति गरेका हुन् ।  ‘निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटिसकेको छ,’…