प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती
|

प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् । प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ । राजनीतिक नियुक्ति लिएर आएका र अन्य मन्त्रालय, कार्यालय र संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको स्वकीय…

राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै
|

राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

झापा। राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ । राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए । उजुरीको जाँचबुझ सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनकारी दिएको छ ।

नैतिकतालाई कोशीमा बगाएको राप्रपा : ‘देखाउने दाँत एउटा, चपाउने अर्को’
|

नैतिकतालाई कोशीमा बगाएको राप्रपा : ‘देखाउने दाँत एउटा, चपाउने अर्को’

झापा । नेपाली राजनीतिमा एउटा यस्तो पार्टी छ- जसले परिवर्तन भएको व्यवस्था स्वीकार्दैन । चितामा पुगेको राजतन्त्रको वकालत गर्छ । सबै धर्मको बसोबास भएको देशमा हिन्दु राज्य माग्छ । अनि केन्द्रीकृत सत्तालाई विकेन्द्रीकरण गर्दा विरोध गर्दै संघीयता खारेजीको माग गर्छ । त्यो पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी । यो पार्टी यी सबै परिवर्तित व्यवस्थाको विरोध…

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री
| |

फ्रान्समा ३४ वर्षका युवा बने प्रधानमन्त्री

काठमाडौ । ३४ वर्षीय गेब्रियल याटाल फ्रान्सको नयाँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले मंगलबार नयाँ सरकारको प्रमुखको रुपमा याटालको नाम घोषणा गरेका हुन् । याटाल आधुनिक फ्रान्सेली इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री हुनेछन् । यसअघि समाजवादी लरेन्ट फाबियस सन् १९८४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री भएका थिए ।उनी एलिजाबेथ बोर्नको उत्तराधिकारी बन्ने भएका हुन् । बोर्नले आफ्नो कार्यकालको २०…

राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय समितिको निर्देशन
|

राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय समितिको निर्देशन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद चुलिएको छ । राप्रपाले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएसँगै विवाद चुलिएको हो । मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो । केन्द्रीय निर्देशन समितिका…

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित
|

कोशीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध निर्वाचित

झापा । कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित भएका हुन् । प्रदेशसभामा आज भएको निर्वाचनमा अरूको उम्मेदवारी नपरेको भन्दै उपसभामुख सिर्जना दनुवारले विष्टलाई निर्वाचित घोषणा गरिन् । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ…

कोशीमा नयाँ सभामुखको निर्वाचन आज, राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित
|

कोशीमा नयाँ सभामुखको निर्वाचन आज, राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित

झापा । पाँच महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुने भएको छ । सभामुखको निर्वाचन आज ३ बजे हुने उपसभामुख सृजना दनुवारले जानकारी दिइन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन सहमति गरेका हुन् ।  ‘निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटिसकेको छ,’…

राष्ट्रिय सभामा पछि : पहिलो दल एमाले तेस्रो बन्ने

राष्ट्रिय सभामा पछि : पहिलो दल एमाले तेस्रो बन्ने

काठमाडाैं । यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।  अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी…

राष्ट्रिय सभा निर्वाचन : कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी 

राष्ट्रिय सभा निर्वाचन : कोशीमा दुई सिटका लागि पाँचको उम्मेदवारी 

झापा । राष्ट्रिय सभा निर्वाचनमा दुई सिटका लागि कोशीमा पाँचजनाको उम्मेदवारी परेको छ । महिलामा सत्तागठबन्धनबाट माओवादीकी चम्पादेवी कार्की र एमालेबाट रुकमिणी कोइरालाको उम्मेदवारी दर्ता भएको छ । यस्तै, अन्यमा गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका पर्शुराम अधिकारी र राप्रपाका उद्धव पौडेलले उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय मोरङले जनाएको छ । कोशीमा प्रदेश सभाका ९३ सांसदको चार हजार ९२९ र…

देशमा देखिएको चुनौती सामना गर्ने उम्मेदवारी : सिटौला
| |

देशमा देखिएको चुनौती सामना गर्ने उम्मेदवारी : सिटौला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रसामु उपस्थित चुनौतीको सामना गर्ने र जनताको हितमा साझा दृष्टिकोण लिएर काम गर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनको लागि कोशीबाट उम्मेदवारी दर्तापछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सिटौलाले पार्टीले त्यही भूमिका निर्वाह गर्न आफूलाई उम्मेदवार बनाएको दावी गरे । आफू पार्टीबाट सर्वसम्मत रूपमा उम्मेदवार भएको भन्दै उनले राष्ट्रियसको अध्यक्ष…