केरा खाने हैन ? बरफल्याङ जानुस् !
| |

केरा खाने हैन ? बरफल्याङ जानुस् !

रोङ । कुनै समय रोजगारी लागि नरबहादुर गजमेर भौतारिँदै हिँड्थेँ ।  तर, उनी अहिले केरा खेतीमा व्यस्त छन् । खेतमा रोपेको मकै, कोदोले तीन महिना पनि नपुगेपछि उनले खतीमा विकल्प खोजेका थिए । उनको रोजाइमा केरा खेती परेको छ । रोङ-२ का गजमेरले उ ३ विघामा केरा खेती गर्दै आएका छन् । गजमेर जस्तै इलामको…

सीमास्तम्भको मर्मत सुरु
|

सीमास्तम्भको मर्मत सुरु

काँकडभिट्टा । झापामा नेपाल भारत सीमास्तम्भ मर्मत सुरु भएको छ । सशस्त्र प्रहरीले सीमामा रहेका स्तम्भहरूको मर्मत सुरु गरेको हो । सोमबार मेचीनगर स्थित सतिगट्टाबाट पिल्लर मर्मतको काम सुरु भएको हो । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलले संयुक्त रूपमा स्तम्भमा कलर गरेर मर्मतको शुभारम्भ गरे । सशस्त्र प्रहरीको नम्बर १ बाहिनीका बाहिनीपति डिआइजी…

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा
| |

समयसँगै प्रविधि र प्रक्रिया फेरिए, फेरिएन मेची भन्सारमा कर्मचारीको असुली धन्दा

शम्भु दाहाल काँकडभिट्टा । भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा मेची भन्सारका कर्मचारीले अवैध असुली गर्ने गरेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्नकै लागि भनेर मेची भन्सार कार्यालयमा सुविधा काउन्टर खडा गरेको छ । भारतबाट नेपाल…

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत हुने
|

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत हुने

काठमाडौं । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो ।अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता सम्पन्न…

अलैँचीको उत्पादन क्रमशः घट्दै
| | |

अलैँचीको उत्पादन क्रमशः घट्दै

बिर्तामोड । कुनै समय ‘कालो सुन’को नामले चिनिएको अलैँचीको मूल्य मात्र घटेको छैन, उत्पादन पनि घट्न थालेको छ । कुनै समय प्रतिमन एक लाख बढी मूल्य भएका कारण यसलाई ‘कालो सुन’ को नाम दिइयो । तर, अहिले मूल्यसँगै उत्पादन घटेपछि अलैँची उत्पादक चिन्तित् छन् । उत्पादित अलैँचीमा भारतीय बजारको मात्र एकाधिकार हुँदा अलैँची व्यवसायीलाई समेत…

कोशी प्रदेशमा राप्रपालाई सभामुखको ‘लड्डु’
| |

कोशी प्रदेशमा राप्रपालाई सभामुखको ‘लड्डु’

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । प्रदेश सरकार बनाउने संविधानको धारा अर्थात् धारा १६८ को सबै उपधाराको प्रयोगपछि कोशी सरकार बनेको छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका केदार कार्की दुई महिनाअघि मुख्यमन्त्री बनेका छन् । उनी एमालेको ‘च्याखे’मा कांग्रेसबाट विद्रोह गर्दै मुख्यमन्त्री बने । कांग्रेस नेता डा. शेखर कोइरालाको लविङमा उनी मुख्यमन्त्रीको…

हात्तीको आक्रमणबाट वन हेरालुको मृत्यु
|

हात्तीको आक्रमणबाट वन हेरालुको मृत्यु

बिर्तामोड । जलथलमा जंगली हात्तीको आक्रमणबाट बन हेरालुको मृत्यु भएको छ । मृत्यु हुने हल्दीबारी गाउँपालिका ३ निवासी ४० वर्षीय धनबहादुर बन रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । मृतक बन रणकालीन सामुदायिक वन जलथलका हेरालु हुन् । शुक्रबार बिहान करिब ९ बजेको समयमा उनी सामुदायिक वनमा रेखदेखको लागि गएका…

अर्जुनधारा जलेश्वर धाममा श्रीमद् देवी भागवत महापुराण हुने
|

अर्जुनधारा जलेश्वर धाममा श्रीमद् देवी भागवत महापुराण हुने

अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाममा यही मंसीर १७ गतेदेखि श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ हुने भएको छ । ४१औं धार्मिक अनुष्ठानकोरुपमा हुने उक्त महायज्ञको उद्देश्य धाम क्षेत्रलाई आवश्यक भूमिको व्यवस्थापन र धामको विकासका लागि स्थापना भएको अक्षयकोषको रकमलाई वृद्धि गर्नु रहेको धाम व्यवस्थापन समितिका अध्यक्ष नविन गट्टानीले…

कोशी सरकार : मन्त्रिपरिषद् विस्तार हुन सकेन, भएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी
| |

कोशी सरकार : मन्त्रिपरिषद् विस्तार हुन सकेन, भएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी

ईखरीपाटी राजनीतिक ब्यूरो बिर्तामोड । कोशी प्रदेशका मुख्यमन्त्रीलाई काम गर्न भ्याई–नभ्याई छ । तर, उनको मन्त्रिपरिषद्मा रहेका तीन मन्त्रीहरू फुर्सदिला छन् । मुख्यमन्त्रीको कार्यालयमा बनाइएको कार्याकक्ष पुग्छन् र फर्कन्छन् । काम गर्नलाई उनीहरूको विभाग तोकिएको छैन । अर्थात् उनीहरू विनाविभागीय छन् । तर, मुख्यमन्त्री केदार कार्कीलाई जिम्मेवारीको भारि छ । तीन मन्त्री कांग्रेसका शमशेर राई,…

सम्पादकीय : हामी आयौँ
|

सम्पादकीय : हामी आयौँ

नेपाली पत्रकारिताको इतिहास करिब १६५ वर्षको छ । वि.सं. १९४५ ताका भारतको बनारसबाट निस्किएको ‘गोरखा–भारत जीवनी’ नै पहिलो नेपाली भाषाको पत्रिका हो । यसका सम्पादक साहित्यकार मोतिराम भट्ट थिए । यसको करिब दश वर्षपछि नेपालबाट नै साहित्यिक पत्रिका ‘सुधासागर’ सुरु भयो । पछि तत्कालीन राणा प्रधानमन्त्री देव शमशेरले विसं १९५८ वैशाख २४ गतेबाट गोर्खापत्र प्रकाशनको…